उच्च मनोबलको साथ परीक्षामा सहभागी हुन कक्षा ८का विद्यार्थीलाई नगर प्रमुख श्रेष्ठको आग्रह

चैत्र १, २०८० मा प्रकाशित | 262 views


नुवाकोट । बिदुर नगरपालिका मार्फत सञ्चालन गर्न लागिरहेको कक्षा आठको नगरस्तरीय परीक्षा शुक्रबारबाट सुरु हुन लागिरहेको छ ।

नगरस्तरीय रूपमा सञ्चालन हुन लागिरहेको कक्षा आठको परीक्षामा सहभागी हुन लागिरहेका सम्पूर्ण विद्यार्थीहरूलाई उच्च मनोबलको साथ निर्धक्क भएर परीक्षामा सहभागी हुन नगर प्रमुख राजन श्रेष्ठले आग्रह गर्नुभएको छ।

कक्षा ८ को परीक्षा सञ्चालनको लागि यो पटकदेखि आफ्नो विद्यालयमा परीक्षा दिन नपाइने व्यवस्था गरिएको छ ।

आफ्नै विद्यालयमा परीक्षा दिन नपाइने व्यवस्था गरिएकाले अर्को विद्यालयमा तोकिएको परीक्षा केन्द्रमा गएर परीक्षा दिने क्रममा नआत्तिन आग्रह गर्दै उच्च मनोबल र उत्साहजनक रुपमा सहभागिता जनाएर परीक्षा राम्रो गर्नको लागि नगर प्रमुख श्रेष्ठले विद्यार्थीहरुलाई आग्रह गर्नुभएको हो ।

 

यो पटकदेखि सञ्चालन हुन लागिरहेको कक्षा ८ को नगरस्तरीय परीक्षामा विद्यार्थीले अर्को विद्यालयमा तोकिएको परीक्षा केन्द्रमा गएर परीक्षा दिने र उत्तरपुस्तिका जाँच एंव नतिजा प्रकाशन प्रणालीहरू डिकोडिङ लगायतको माध्यमबाट गरिने हुँदा विद्यार्थीहरूको सिकाइकोस्तर समेत वृद्धि हुने गरेर विद्यालयहरु लागि परिरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभएको छ ।

विद्यालयहरूले परीक्षामा विद्यार्थीहरूलाई उच्च अङ्क ल्याउने गरेर आवश्यक तयारीहरू मिलाइरहेको हुँदा यस माध्यमबाट विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि हुने र विद्यार्थीहरू उच्च मनोबलका साथ सहभागी हुँदा यसको नतिजा एसइइ परीक्षामा समेत सुधार हुने विश्वास गरिएको छ ।

विदुर नगरपालिकाले परीक्षा सञ्चालनको लागि परिचालित हुने केन्द्र अध्यक्षहरूलाई बुधवार अभिमुखीकरण कार्यक्रम सहित उहाँहरुलाई जिम्मेवारी अर्थात् नियुक्ति दिएर परीक्षालाई मर्यादित व्यवस्थित र जिम्मेवारी रुपमा सञ्चालन गर्नको लागि निर्देशन दिनु भएको थियो ।

नगरपालिकाभित्र सञ्चालनमा रहेका ४८ वटा विद्यालयका कक्षा ८ का करिब १२०० विद्यार्थीले सहभागी हुन यसअघि नै परीक्षा फारम भरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web