‘गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता’ चैत १४ देखि १७ गतेसम्म सञ्चालन हुने

फाल्गुन ३०, २०८० मा प्रकाशित | 561 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाको आयोजनामा ‘गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता’ यही चैत १४ देखि १७ गतेसम्म सञ्चालन हुँदै छ ।

तारकेश्वर १, जब्बरे चौरस्थित निर्माण भइरहेको खेलकुद रंगशालामा सञ्चालन हुने प्रतियोगिताका लागि ९ गतेभित्र टिम दर्ता गर्न सबै वडा कार्यालयलाई निर्देशन दिइएको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारीले उत्साहका साथ प्रतियोगितामा सहभागी हुन तारकेश्वरका युवाहरूलाई आह्वान गर्नुभएको छ । चुस्त र दुरुस्त व्यवस्थापनका साथ प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न अध्यक्ष अधिकारीले युवा तथा खेलकुद शाखालाई निर्देशन दिनुभएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट एक एक गरी ६ टिम सहभागी हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web