नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

फाल्गुन २७, २०८० मा प्रकाशित | 252 views

काठमाडौँ । हङकङमा भएको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो । हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो । हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएर अविजित थिए । हङकङका लागि निजाकान्त खानले २५ रन बनाए ।
 
नेपालका लागि करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए  । शनिबार भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । अब नेपालले यहि फागुन २९ गते पपुवा न्यूगिनीसँग प्रतिष्पर्धा गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web