नेपाल र हङकङ आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

फाल्गुन २६, २०८० मा प्रकाशित | 220 views


काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल बिहान सवा ११ बजे शुरु हुनेछ । नेपाली क्रिकेट टोली अहिले हङकङमा रहेको छ । त्रिदेशीय शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीवार हङकङ गएको हो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि त्रिदेशीय टी–२० अन्तराष्ट्रिय शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिदेशीय शृङ्खलामा नेपालले पहिलो खेल भोलि हङकङसँग खेल्ने छ ।

यस्तै नेपालले फागुन २९ गते पपुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते शृङ्खलाको फाइनल खेल हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web