नेपाल फाइनलमा ४ विकेटले पराजित

फाल्गुन २२, २०८० मा प्रकाशित | 279 views


काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, साइब्रान्ड एन्गेलब्रेच्टले ५८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायाे । नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान राेहित पाैडेलले २५, कुशल भुर्तेलले २० रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web