नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स फाइनलमा

फाल्गुन २०, २०८० मा प्रकाशित | 278 views


काठमाडौँ । नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँडे ।

टस हारेर ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाउँदा पानी पर्न शुरु भएको थियो । त्यसपछि थप खेल हुन नसकेपछि दुवै टाेलीले अङ्क बाँडे ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुग्यो । अब नेदरल्यान्ड्सले फाइनलमा पर्सि नेपालसँग खेल्नेछ । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नामिबियाले ४ खेलमा ३ अङ्क जोड्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web