
नुवाकोट । बृहत परिकल्पना सहितको निर्माण भएको तारकेश्वर गाउँपालिका वडा नं. ४ को भञ्ज्याङखर्कमा सम्पन्न शैक्षिक पार्कको उद्घाटन हिजो शनिबार अध्यक्ष शिव अधिकारी अबिरलले गर्नु भएको छ ।
यसै गरि असल अभ्यास आदानप्रदान तथा तारकेश्वर गाउँपालिकाका विद्यालयहरूबाट अवकास प्राप्त शिक्षकहरूलाई सम्मान र शैक्षिक पार्क लेखन समितिलाइ नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम पनि गरेको छ ।
अध्यक्ष शिव अधिकारी अविरलले शिक्षा क्षेत्रलाई गति र दिशा दिनको लागि आ-आफ्नो ठाउँबाट शैक्षिक सुधारमा लाग्नको लागि निर्देशन दिनुभएको छ।
19.65¡ÆC