तामाङ भाषाको घुम्ती कक्षा सञ्चालन गर्ने गाउँ शिक्षा समितिको निर्णय

फाल्गुन १४, २०८० मा प्रकाशित | 234 views


तारकेश्वर । तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलको अध्यक्षतामा आज बसेको गाउँ शिक्षा समितिको बैठकले आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभरका विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई हप्तामा एक दिन (बुधबार) तामाङ, मगर, नेवार, ब्राह्मण, क्षेत्री लगायतका जातजातिको मौलिक संस्कृति झल्किने पोशाक अनिवार्य गर्ने निर्णय गरेको छ ।

साथै, आगामी आर्थिक वर्षको बजेटबाट तामाङ भेगका विद्यालयहरूमा तामाङ भाषाको घुम्ती कक्षा सञ्चालन गर्ने निर्णय बैठकले गरेकाे छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले गत शुक्रबार दाङसिङ माविमा भएको अध्यक्षसँग बालबालिका कार्यक्रममा गर्नुभएको घोषणा अनुरूप आज शिक्षा समितिबाट औपचारिक निर्णय भएको हो ।

अध्यक्ष अधिकारीले निर्णय कार्यान्वन गर्न शिक्षा शाखालाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web