लिखु गाँउपालिका बन्यो तेह्रौँ राष्ट्रपति रनिङ शिल्डको ‘च्याम्पियन’

फाल्गुन ११, २०८० मा प्रकाशित | 1125 views


बट्टार । नुवाकोट जिल्लास्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन लिखु गाँउपालिका भएको छ । खेलाडी माथी परेको दाबी बिरोधको छानबिन सम्पन्न भएसगैँ शुक्रबार घोषित पदक तालिका अनुसार लिखु गाँउपालिका च्याम्पियन अर्थात प्रथम भएको छ भने सहआयोजक विदुर दोश्रो भएको छ ।

जिल्ला खेलकुद विकास समितिले सार्वजनिक गरेको अंक तालिका अनुसार १९ स्वर्ण पदक, १६ रजत र १२ कास्य पदक सहित लिखु गाउँपालिका प्रथम भएको हो । १७ स्वर्ण पदक १४ रजत पदक र ८ पदक सहित विदुर नगरपालिका दोस्रो हुन सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिनुभयो ।

मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न भएको नुवाकोट जिल्लास्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडी माथी दाबी बिरोध परेकाले शुक्रबार मात्र पदक तालिका पाउने पालिकाको नामावली सार्वजनिक गरिएको हो ।

यो सगैँ यही फागुन २१–२२ गते हुने बाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रिय रनिङ शिल्ड प्रतियोगितामा जाने खेलाडीहरुको समेत छनोट र आवश्यक पूर्वतयारीमा जुटेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोषी बैद्यले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिको आयोजना र विदुर नगरपालिकाको सहआयोजनामा १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफतापूर्वक सम्पन्न भएसगैँ १४ औँ प्रतियोगिताको सहआयोजक पञ्चकन्या गाँउपालिकाले गर्ने भएको छ ।

प्रतियोगितामा कुन पालिकाले कति पदक प्राप्त गर्न सफल भयो ? अंकतालिका निम्न अनुसार छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web