
त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिकाले तारकेश्वर गाँउपालिका वडा नं. १ को दाङसिङ माध्यमिक विद्यालयमा ‘अध्यक्षसँग बा–आमा र छोरा–छोरी कार्यक्रम’ तथा ‘अध्यक्षसँग बालबालिका कार्यक्रम’ सम्पन्न गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले तारकेश्वर गाउँपालिकाभित्रका विद्यालयहरूसँग समन्वय गरी आगामी शैक्षिक सत्रदेखि प्रत्येक हप्तामा एक दिन तामाङ समुदायको मौलिक संस्कृति झल्किने पोशाक अनिवार्य गर्ने घोषणा गर्नुभएको हो । कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटबाट जनशक्ति व्यवस्थापन गरी विद्यालयहरूमा तामाङ भाषाको घुम्ती कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभयो ।

शिक्षकहरूलाई उच्च मनोबलका साथ निर्धक्कसँग गुणस्तरीय शिक्षा प्रवाह गर्न आग्रह गर्दै अध्यक्ष अधिकारीले शिक्षाको गुणस्तर अभिवृद्धिको उद्देश्यभन्दा बाहिर गएर पूर्वाग्रह साँध्ने वा शिक्षकको मनोबल गिराउने काम गरेको पाइएमा जुनसुकै विद्यालयको व्यवस्थापन समितिलाई कारबाही अन्तरगत भङ्ग समेत गर्न सक्ने चेतावनी दिनुभयो ।

दाङसिङ माविमा १२ कक्षासम्मको पढाइ सञ्चालन गर्नको लागी उहाँले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन तत्कालै विद्यालय प्रशासनको माग अनुसार साउण्ड सिस्टम उपलब्ध गराउने घोषणा समेत गर्नुभयो ।

अध्यक्ष अधिकारीबाट विद्यार्थीको प्रोत्साहनको लागी जनही ५ हजार राशीको अनुशासित, बहुप्रतिभाशाली र जेहेन्दार छात्रा–छात्र सम्मानको घोषणा :
अध्यक्ष अधिकारीले विद्यालयमा अध्ययनरत बालबालिका (विद्यार्थी)को प्रोत्साहनका लागि जनही पाच हजार पुरस्कार राशी रहेको अनुशासित छात्राछात्र, बहुप्रतिभाशाली छात्राछात्र र जेहेन्दार छात्रा,छात्र सम्मानको पुरस्कार प्रदान गरिने घोषण गर्नुभएको छ ।

जनही ५-५ हजार रुपैयाँ राशिको अनुशासित छात्र-छात्रा पुरस्कार (१ जना छात्र र १ जना छात्रा), सोही राशिको बहुप्रतिभाशाली छात्र-छात्रा पुरस्कार (१ जनाछात्र र १ जना छात्रा) र गरिब तथा जेहेन्दार छात्र-छात्रा पुरस्कार (१ जनाछात्र र १ जना छात्रा) को घोषणा गर्नुभयो ।
घोषणा गरिएको यी सबै पुरस्कार विद्यालयको वार्षिक उत्सवको अवसर बनाएर प्रदान गरिने तारकेश्वर गाँउपालिकाको अध्यक्ष शिव अधिकारी (अविरल)ले बताउनुभयो ।

22.12¡ÆC