वाफ महिला च्याम्पियनसिपमा नेपालले आज इराकसँग खेल्दै

फाल्गुन १०, २०८० मा प्रकाशित | 318 views

काठमाडौँ । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज इराकसँग खेल्दैछ ।

खेल साउदी अरबको किङ्ग अबदुल्लाह स्पो्र्टस सिटी स्टेडियममा राति पौने ८ बजे हुनेछ । यसअघि भएको खेलमा नेपालले सिरियालाई हराएको थियो भने इराक प्यालेस्टाइनसँग हारेको थियो ।

नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह चरणको अन्तिम खेलमा नेपालले पर्सि प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web