श्रीमती र छोरीसहित तीन जनाको हत्यापछि आत्महत्या

फाल्गुन ९, २०८० मा प्रकाशित | 273 views


काठमाडौँ । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ ।

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।

ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web