नेपाल नामिबियासँग ३ विकेटले पराजित

फाल्गुन ९, २०८० मा प्रकाशित | 278 views


काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले नेपाललाई ३ विकेटले हरायो । नेपालले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य नामिबियाले १० ओभर बाँकी छँदै ८ विकेट गुमाएर भेटायो । उसका लागि गेरहार्ड इरास्मसले सर्वाधिक ५२ र जेजे स्मितले ३४ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन तथा दीपेन्द्रसिँह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा अल आउट हुँदै एक सय ६८ रन बनायो। नेपालका लागि आशिफ शेखले ५८ रन, कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करन केसीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नामिबियाका बर्नाल्ड स्कोल्ज्ड र जन निकोल लेफ्टी इटोनले चार विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा पनि नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । आजको हारसँगै नेपाल तीन खेलमा २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा झरेको छ । यो शृङखलाको अन्तिम खेल नेपालले नेदरल्याण्ड्ससँग आउँदो आइतवार खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web