नेपालकाे ‘ए’ टाेली क्यानडा–११ सँग ४ विकेटले पराजित

फाल्गुन ६, २०८० मा प्रकाशित | 182 views

काठमाडौँ । क्यानडा–११ सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोली ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ३ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । क्यानडाका नवनीत धलिवालले ८० र निखिल दत्तले नट आउट ६७ रन बनाए । नेपालका शाहब आलमले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो । नेपालका बसिर अहमदले नट आउट ५० रन बनाए । यस्तै रशिद खानले ४०, मयन यादवले ३५ रन बनाए । क्यानडाका साद बिन जफरले ३ विकेट लिए ।

३ खेलको शृङ्खलामा दोस्रो खेल पर्सि मङ्गलवार र अन्तिम खेल बिहीवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web