नेपाली महिला टोली मलेसियासँग पराजित

फाल्गुन ४, २०८० मा प्रकाशित | 295 views

नुवाकोट । एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ । मलेसियासँग पराजित भएसँगै नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर अन्तिम बलमा भेटायो । मलेसियाकी इस्ला हन्टरले नट आउट ६९ रन बनाइन् । नेपालकी सीता राना मगर र कविता जोशीले समान २ विकेट लिइन् ।

यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनायो । नेपालकी कप्तान इन्दु वर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्रीले २० रन बनाइन् । मलेसियाकी महिराह इजारी इस्मेलले २ विकेट लिए ।

अब मलेसियाले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पर्सि आइतवार यूएईसँग खेल्नेछ । आजै भएको अर्काे सेमिफाइनलमा थाइल्यान्डलाई ४ रनले हराउँदै यूएई एसिया कप क्रिकेटमा छनोट भएको छ । एसिया कपमा क्रिकेटमा मलेसिया र यूएईसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web