पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

फाल्गुन १, २०८० मा प्रकाशित | 197 views


काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदीस स्थानमा जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परि ८ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय दिनेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार करिब १५ जना घाइतेहरूलाई अस्पताल पठाइएको छ ।

लु १ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो । उद्धारको लागी डि एस पी सुगन्ध श्रेष्ठ नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको रहेको प्रहरीको भनाई छ ।

घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागी पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web