यू-१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

माघ २८, २०८० मा प्रकाशित | 212 views

काठमाडौँ । आईसीसी अन्डर नाइन्टिन क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन्।

खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको विलोमोर पार्कमा सुरु हुनेछ। पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया छैठौं पटक फाइनलमा पुगेको हो भने चार पटक च्यम्पियन बन्ने दाउमा छ।

पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो। ५ पटकको विजेता भारत आईसीसी अन्डर नाइन्टिन विश्वकपको सर्वाधिक सफल टोली हो।

जारी विश्व कपमा नेपालले पनि प्रतिस्पर्र्धा गरेको थियो। नेपाल सुपरसिक्समा पुग्दे बाहिरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web