अपहरण गरेर फिरौती लिन आएका २ जना पक्राउ

माघ २६, २०८० मा प्रकाशित
Published at 2024-02-09

89 views

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर सात लाख रुपैयाँ फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

गएको सोमवार राति बिरामी लिन काहुलेमा रहेको घरबाट ककनी जाने क्रममा सूर्यबहादुर अपहरणमा पर्नुभएको थियो । घटनामा संलग्न अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.