६ महिनामा वैदेशिक रोजगारीका तीन हजारभन्दा बढी उजुरी

माघ २६, २०८० मा प्रकाशित
Published at 2024-02-09

67 views

काठमाडौँ । बितेको ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी तीन हजारभन्दा बढी उजुरी परेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको हो । यी उजुरीहरूमध्ये १ हजार ५६० उजुरीको सम्बोधन भएको विभागले जनाएको छ । विदेशमा अलपत्र परेको आफन्तको उद्धारका लागि ६९० उजुरी परेकोमा ४५ जनाको उद्धार गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १७२ जनाले क्षतिपूर्ति पाएका छन् ।

ठगी सम्बन्धीका १ हजार १३० उजुरी परेकोमा १९१ मिलापत्र गराइएको पनि विभागले जनाएको छ । विभाग परिसरभित्रै रहेको प्रहरी शाखामा १ हजार ६७५ उजुरी दर्ता भएका भएकोमा ६५ उजुरीमा मिलापत्र गराइएको छ भने ९२३ उजुरी फर्छ्याेट भएको छ ।

वैदेशिक रोजगारीसम्बन्धी उजुरीहरूमा पिपुल्स फोरमले निःशुल्क रूपमा कानुनी सहायता प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.