निजी जग्गाको सालको रुख कटानको अबरोध हट्यो

माघ २५, २०८० मा प्रकाशित | 274 views


त्रिशूली (नुवाकोट) । बाइस वर्ष अघि लगाइएको निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार विसं.२०५८ कार्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर विसं.२०८० मंसिर ७ मा जनाएसगैँ सालको रुख कटानको अबरोध हटेको हो ।

यो सगैँ नुवाकोटमा निजी वन दर्ताको क्रम सुरु भएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिनुभयो । उहाँको अनुसार यसअघि वन कार्यालयले गर्ने निजी वनको दर्ता अब पालिकाबाटै सुरु भएको छ ।

“निजी जग्गामा हुर्किएका सालको रुख काट्नको लागी वन दर्ता गरेर व्यक्तिगत र व्यवसायिक प्रयोजनको लागी उपभोग गर्न पाइने गरेर कानूनी बाटो खुला भएको छ ।” डिभिजनल वन अधिकृत पोखरेलले भन्नुभयो “दर्ता भएका निजी वनको सालका रुख तोकिएको कानूनी प्रक्रिया पूरा गरेर देशभर विक्री गर्न पाइन्छ ।”


वन ऐन–२०७६ र नियमावली–२०७९ अनुुसार पालिकास्तरमा निजी वन दर्ता गर्न अधिकार प्राप्त भएसगैँ नुवाकोटको विदुर नगरपालिका र लिखु गाँउपालिकामा साल रुख हुर्काउदै आएका किसानले निजी वन दर्ता गर्न सुरु गरेका छन् ।

डिभिजन वन कार्यालयको सिफारिसमा आवश्यक लगत खडा गरेर पालिकाबाट दर्ता प्रमात्रपत्र पाइने व्यवस्था अनुरुप जिल्लाको अन्य पालिकाले पनि निजी वनको दर्ताको लागी आवश्यक कानूनी प्रक्रिया खुला गरेर तयारी अघि बढाएको डिभिजनल वन अधिकृत पोखरेलले जानकारी दिनुभयो । उहाँको अनुसार रुख कटानको लागी स्थान र उद्देष्य अनुसार पालिका वा वन कार्यालयको सिफारिसमा निजी जग्गाको सालको रुख काट्न पाइने भएको हो ।

बागमती प्रदेस भित्रको जिल्लामा सालको रुख काट्न ‘निजी वनको सालको रुख उपयोग सम्बन्धि कार्यविधि–२०८०’ मा निर्धारण गरिएको छ । उक्त कार्यविधि प्रदेसको वन तथा वातावरण मन्त्रालयले हाल राय तथा सुझाबको लागी मातहतका निकायमा पठाएकाले छिट्टै लागू गर्ने जनाएको छ ।  

-रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web