कांग्रेसका नेता केशवकुमार बुढाथोकीको निधन

माघ २३, २०८० मा प्रकाशित | 200 views

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ।

विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति साढे ११ बजे उनको निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित उनी पछिल्लो समय मिर्गौलाको उपचार गराइरहेका थिए। झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए।

उनी प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति, राष्ट्रिय पञ्चायत सदस्य हुँदै जलस्रोत सहायक मन्त्री र सामान्य प्रशासन मन्त्रीसम्म भएका थिए।

उनका दुई छोरा एक छोरी छन्। बुढाथोकीको पार्थिक शरीरलाई मंगलबार जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिइने हुमागाईँले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web