अनुशासनहीन कार्य गर्ने यी ६ जना फुटबल खेलाडीलाई लाग्यो प्रतिबन्ध

माघ २२, २०८० मा प्रकाशित | 385 views

त्रिशूली, नुवाकोट । नुवाकोट जिल्ला फुटबल संघले नुवाकोटका ६ जना फुटबल खेलाडीलाई १ वर्षदेखि १८ महिनासम्मको प्रतिबन्ध लगाएको छ ।
संघको सोमबार बसेको बैठकले अन्तरपालिकास्तरीय नुवाकोट च्याम्पियन विदुर मेयर कप फुटबल खेलको क्रममा अनुशासनहीन कार्य गरेको भन्दै ६ जना खेलाडीलाई कारबाही स्वरुप १८ महिनासम्मको प्रतिबन्ध लगाइएको हो ।

संघले कारबाहीको लागी गरेको निर्णय नियमक निकायहरुमा समेत पठाउने जनाएको छ । संघका प्रवक्ता श्रीराम तामाङले जारी गरेको विज्ञप्ती अनुसार विदुर नगरपालिकामा आबद्ध भएर विदुर मेयर कप फुटबल खेलको फाइनलमा म्यागङ गाँउपालिका विरुद्ध प्रतिस्पर्धाको क्रमाम अनुशासनहीन कार्य गर्ने विकास लामिछाने र सन्तोष भुजेललाई १८ महिनासम्म र निराजन थापामगर, मनिष प्याकुरेल, राजाराम चित्रकार र प्रवेश श्रेष्ठलाई एक वर्षसम्म नुवाकोट सहित अन्य जिल्ला, पालिका, क्लब लगायतले आयोजना गरेको खेल, गोष्ठी, सेमिनार, कार्यक्रम लगायतमा सहभागी नगराउने अर्थात प्रतिबन्धको निर्णय भएको उल्लेख गरिएको छ ।


कारबाहीमा परोक खेलाडीहरुले फाइनल खेलमा अनुशासनहीन गतिविधि गर्दै रेफ्री र लाइन्सम्यानलाई हातपात तथा गाली गलौज गरेका थिए भने खेलको दौरानमा चलिरहेको प्रतियोगिता समेत बहिष्कार गर्ने भन्दै प्रभावित बनाउने प्रयास गरेकाले सघले कारबाहीको निर्णय गर्न बाध्य भएको प्रवक्ता श्रीराम तामाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web