नेपालले दियो बङ्ग्लादेशलाई १ सय ७० रनको लक्ष्य

माघ १७, २०८० मा प्रकाशित | 244 views

काठमाडौँ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा नेपालले बङ्ग्लादेशलाई १ सय ७० रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा १ सय ६९ रनमा अल आउट भयो । नेपालका विशाल विक्रम केसीले सर्वाधिक सबैभन्दा धेरै ४८ रन बनाए । यस्तै कप्तान देव खनाल ३५, सुवास भण्डारीले नट आउट १८, अर्जुन कुमालले १४ रन जोडे । नेपालले ३१ रन अतिरिक्तमार्फत पायो । बङ्ग्लादेशका रोहानत बोरसनले ४ विकेट लिए ।

‘सुपर सिक्स’ को अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर ‘सुपर सिक्स’ का खेलअघि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । ‘सुपर सिक्स’ मा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।

‘सुपर सिक्स’ को समूह ‘ए’ मा भारत र पाकिस्तानको समान ६/६ अङ्क भएको छ । समूह’ ‘ए बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web