दरबार क्षेत्रको विकासको लागी गुरु योजना बनाएर अघि बढ्छौ : नगरप्रमुख राजन श्रेष्ठ

माघ १२, २०८० मा प्रकाशित | 463 views


नुवाकोट । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले विदुर नगरपालिका वडा नं. २ स्थित नुवाकोट दरबार क्षेत्रको विकासको लागी गुरु योजना बनाएर अघि बढ्न लागेको बताउनुभएको छ । विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध स्वयम्भू (चैत्य) विहारमा प्रतिस्थापन गरिएको मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै विदुर नगरपालिकाले नगरको मुख्य गौरवको योजनाको रुपमा आगामी आर्थिक वर्षमा नुवाकोटको दरबार क्षेत्रको विकासको लागी गुरु योजना बनाएर काम गर्न लागेको बतानुभएको छ ।

अहिले नगरपालिकाको गौरवको योजनाको रुपमा विदुर–९ मा रहेको सिलट्याङ्कीमा जलबिहार सहितको पर्यटन प्रबद्र्धनको कार्यक्रम सञ्चालन गर्न लागिएको भन्दै आगामी आर्थिक वर्ष २०८१/८२ मा नुवाकोट दरबार क्षेत्रको बृहत्तर योजनाको सहितको नगरले गौरवको योजना बनाउन लागिएको नगरप्रमुख राजन श्रेष्ठले बताउनुभएको हो ।
नुवाकोट दरबारको पुर्ननिर्माणको लागी केही समय अघि चिनियाँ दूतावाससम्म पुगेर ध्यानाकर्षण गराएको स्मरण गराउदै नगरप्रमुख श्रेष्ठले कार्यपालिका, नगरसभाबाट पारित गरेर बजेट सुनिश्चित सहित प्रदेस र संघीय सरकारबाट समेत बजेट ल्याएर दरबार क्षेत्रको विकासको लागी तनहुँको बन्दीपुर मोडलको रुपमा धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा विकास गर्ने आफूले लक्ष्य लिएको बताउनुभएको छ ।

“दरबार क्षेत्रको आवास निर्माण सहितको पूर्वाधार विकासको लागी नगरपालिकाले मापदण्ड निर्माण गरेर अघि बढ्न लागेको छौ ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “दरबार क्षेत्रको विकासमा मुख्य बाधकको रुपमा रहेको इन्द्रचोक हुदै चोकदे जाने सडकलाई बैकिल्पक व्यवस्था गरेर पुरातात्विक सम्पदाको रुपमा दरबार क्षेत्रको विकासमा लाग्ने छौ ।”
नुवाकोट दरबार क्षेत्रलाई विश्व सम्पाद सूचीमा राख्नको लागी यहाँको संरचनाको पुर्ननिर्माण र त्यसमा मौलिकपन आवश्यक रहने भएको सोही अनुसार काम अघि बढाउन आवश्यक कार्यविधि र मापदण्ड बनाउने नगरप्रमुख श्रेष्ठले बताउनुभएको छ । नुवाकोट दरबार सहितको संरचना पुर्ननिर्माणको लागी नेपाल सरकार र चिनियाँ दूतावाससंग निरन्तर सम्पर्कमा रहने र गुरु योजना मार्फत गरिने विकासलाई पुरातात्विक संरचनामा निर्माण गरिने भएकाले दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन निकट भविष्यमा सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web