नेपालले दियो पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य

माघ १०, २०८० मा प्रकाशित | 218 views

काठमाडौँ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा भएको खेलमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनायो । नेपालका बिपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २० रन जोडे । पाकिस्तानका अरफत मिनहासले ३ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । समूह ‘डी’ मा रहेको नेपालले अब पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web