सडक दुर्घटना कम गर्न संघ र प्रदेश सरकारले संयुक्त पहल गर्ने

माघ ८, २०८० मा प्रकाशित | 189 views

काठमाडौँ । बढ्दो सडक दुर्घटना कम गर्न संघ र प्रदेश सरकारले संयुक्तरुपमा पहल गर्ने भएका छन् । आइतबार संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला समेतको उपस्थितिमा प्रदेश सरकारका भौतिकमन्त्री, सचिव र प्रदेश यातायात कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले दुर्घटना न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पछिल्लो समय सडक दुर्घटना वृद्धि हुँदै गएकाले सडक दुर्घटना तथा रोकथाम गर्न संघ र प्रदेश सरकारका निकायहरुबीच आपसी समन्वय र सहकार्य गरी सडक सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको बताए । उनले सडक सुरक्षाको लागि बनाउने पूर्वाधार त्यही खालको मापदण्डमा बनाउनेबारे समेत निर्णय भएको बताए ।

त्यस्तै, यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राहीहरुको भीड कम गर्न र सेवालाई प्रविधिमैत्री बनाउन यातायात व्यवस्था कार्यालयले परीक्षणको रुपमा प्रयोगका ल्याएको प्रदेशगत मोडलसहितको अनलाइन विद्युतीय भुक्तानी सेवालाई चालु आर्थिक वर्षभित्र सबै प्रदेशका यातायात कार्यालयमा कार्यान्वयन गर्ने निर्णय भएको उनले बताए ।

उनका अनुसार सार्वजनिक सवारी साधनले जाँच पास र सडक अनुमतिपत्र लिँदा प्रदेशमित्रको हकमा प्रदेश यातायात व्यवस्था कार्यालयहरुले र राष्ट्रिय राजमार्ग तथा अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको हकमा सवारी परीक्षण कार्यालयबाट सवारी जाँचपास, सडक अनुमति पत्र तथा वातावरण प्रदुषण जाँच गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

‘यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राहीहरुको भीड कम गर्न र सेवालाई प्रविधिमैत्री बनाउन यातायात व्यवस्था कार्यालयले परीक्षणको रुपमा प्रयोगका ल्याएको प्रदेशगत मोडलसहितको अनलाइन विद्युतीय भुक्तानी सेवालाई चालु आर्थिक वर्षभित्र सबै प्रदेशका यातायात कार्यालयमा कार्यान्वयन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘सार्वजनिक सवारी साधनले जाँच पास र सडक अनुमतिपत्र लिँदा प्रदेशमित्रको हकमा प्रदेश यातायात व्यवस्था कार्यालयहरुले र राष्ट्रिय राजमार्ग तथा अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको हकमा सवारी परीक्षण कार्यालयबाट सवारी जाँचपास, सडक अनुमति पत्र तथा वातावरण प्रदुषण जाँच गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।’

उनले संघ र प्रदेशले यातायात सम्बन्धी कानून बनाउँदा एकरुपता कायम गर्ने समेत निर्णय भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web