‘झिल्टुङ्ग चिनाउन र धावक बढाउन क्रसकन्ट्री प्रतियोगिता’

माघ ७, २०८० मा प्रकाशित | 253 views

नुवाकोट । ‘जे गरौँ गज्जबले गरौँ’ भन्ने नाराको साथ नुवाकोटको बेलकोटगढी नगरपालिका–५ झिल्टुङ्गमा ‘झिल्टुङ क्रसकन्ट्री दौड’को आठौँ संस्करणको प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

No description available.

अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका राष्ट्रियस्तरका खेलाडी सहित, भेट्रान, खुला छात्र–छात्रा एवम् स्थानीय महिला (आमा समूह) तथा पुरुष (बा समूह) सहितको विभिन्न दश बिधामा प्रतिस्पर्धा गर्दै ‘धावक’हरुले अघिल्ला वर्षका कीर्तिमानी (रेकर्ड) तोडेका छन् ।

प्रतियोगिता व्यावस्थापनको जिम्मेवारी पाएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीको अनुसार १३.५ किलोमिटर (किमि) पुरुष खुलातर्फको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका टंकबहादुर कार्की प्रथम, काठमाडौका मिङ्मार सिङ्गी तामाङ दोश्रो र त्रिभुवन आर्मी क्लबका सुवास कार्की तेश्रो हुनुभयो ।

१३.५ किमि महिला खुलातर्फ खोटाङका प्रिया राई प्रथम, नेपाल पुलिस क्लबको राममाया बुढा दोश्रो र त्रिभुवन आर्मी क्लबको हुमी बुढामगर तेश्रो हुनुभयो ।

यस्तै, १३.५ किमिको भेट्रान खुला पुरुषतर्फ दाङका भीमबहादुर गुरुङ प्रथम, धादिङका रैवतबहादुर दाहाल दोश्रो र नेपाल डाइनामिक क्लबका भिमबहादुर अवाले तेश्रो हुनुभयो । सोही दुरी अन्तरगत स्थानीय पुरुषहरुको प्रतिस्पर्धामा बिमल थापा मगर प्रथम, सन्दिप राई दोश्रो र रोशन श्रेष्ठ तेश्रो हुनुभयो ।

प्रतियोगिताको छोटो दुरीतर्फ ४.५ किमि खुला (१६ वर्षमुनि)को छात्रातर्फ काठमाडौका आयुस्मा आचार्य प्रथम, निला याख दोश्रो र कास्कीको कविता मगर तेश्रो हुनुभयो र सोही दुरीतर्फको खुला (१६ वर्षमुनि) छात्रतर्फ काठमाडौका सनाम शेर्पा प्रथम, जयराम थापा दोश्रो र हरिचन्द्र तामाङ तेश्रो हुनुभयो ।

४.५ किमि स्थानीय छात्रतर्फ सुरज नेपाल प्रथम, सन्तोष तामाङ दोश्रो र गोकुल कुंवर तेश्रो हुनुभयो भने छात्रातर्फ सकिना तामाङ प्रथम, शिलशिला कुंवर दोश्रो र कौशिला लामा तेश्रो हुनुभयो ।

४.५ किमि स्थानीय महिला (आमा समूह)तर्फ सनिता श्रेष्ठ प्रथम, कमला श्रेष्ठ दोश्रो र लक्ष्मी श्रेष्ठ तेश्रो हुनुभयो भने स्थानीय ४५ वर्ष माथीका पुरुष (बा समूह)तर्फ मिठु नेपाल प्रथम, गोपी नेपाल दोश्रो र चन्द्रमान श्रेष्ठ तेश्रो हुनुभयो ।

प्रतियोगिताको लामो दुरीतर्फ खुला महिला र पुरुषतर्फको विधामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः रु पन्ध्र हजार, रु दश हजार र रु पाच हजार राशी सहितको सम्मानपत्र प्राप्त गरे । यस्तै, बाँकी लामो दुरी र छोटा दुरीतर्फका विभिन्न आठ विधाका उत्कृष्ठ प्रतियोगिलाई नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रदान गर्नुभयो ।

दौड मार्फत नुवाकोट र झिल्टुङ्गलाई देशभर चिनाउन सहयोग पुगेको भन्दै आगामी सँस्करणदेखि प्रतियोगितालाई परिमार्जन सहित थप परिस्कृत बनाउने नेपाल एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।

नुवाकोटको दुईपिपल निवासी तथा एथ्लेटिक्स खेलाडी मोहन नेपालको परिकल्पनामा सात वर्षअघि बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा रहेको महादेव माविको आयोजनामा सुरु भएको प्रतियोगिता पछिल्लो समय सञ्चालनको जिम्मेवारी आफूहरुले लिएर पालिकास्तरीय खेलपर्वको रुपमा विकास गर्दै अघि बढेको आयोजक वडा नं. ५ का वडाध्यक्ष मदन भुजेलले बताउनुभयो ।

उहाँको अनुसार प्रतियोगिताबाट महाकवी लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरे अनुसार रसुवाको गोसाईकुण्डभन्दा नुवाकोटको झिल्टुङ ‘पहाडी जीवन’का लागी उत्कृष्ट स्थल हो भनेर बुझाउन सहयोग पुगेको छ ।

“अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी सहित स्थानीय छात्रछात्राको सहभागिताले धावक उत्पादन र खेल पर्यटनमा उल्लेख योगदान मिलेको छ ।” वडाध्यक्ष भुजेलले भन्नुभयो “स्थानीय आमा र बाहरुलाई दौडाउदा समाज रुपान्तरण र परिवर्तनमा महिला–पुरुषबीचको समानता छाएको छ ।”

No description available.

यस वर्षको आठौँ सँस्करणको प्रतियोगितामा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका राष्ट्रियस्तरका खेलाडी सहित दुईसय भन्दा बढी प्रतिस्पर्धीको सहहभागिता रहेको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web