एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

पुस १८, २०८० मा प्रकाशित | 297 views

काठमाडौँ । सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ । आज बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे ।

एपीएफले दिएकाे १ सय १५ रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्याे । काेशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन बनाइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायाे । एपीएफका लागि इन्दु बर्माले ५३ रन बनाइन् । बलिङतर्फ काेशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । यस्तै एलिशा खडियाले २ विकेट लिइन् ।

एपीएफले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार पाएकाे छ । उपविजेता काेशीले ३ लाख रुपैयाँ प्राप्त गर्‍याे । यस्तै प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी चुनिएकी काेशीकी कप्तान रुबिना क्षेत्रीले स्कुटर प्राप्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web