एसीसी यू-१९ मा उपाधिका लागि यूएई र बङ्लादेश खेल्दै

पुस १, २०८० मा प्रकाशित | 311 views

काठमाडौँ । एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली यूएई र बङ्लादेश खेल्दैछन् ।

खेल दुबईमा बिहान सवा ११ बजे शुरु हुनेछ । अस्ति भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक फाइनलमा पुगेको हो ।

यूएईसँग पाकिस्तान ११ रनले पराजित भयो । त्यस्तै, अर्को खेलमा बङ्लादेशले भारतलाई ४ विकेटले हरायो । प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web