पेट्रोल, डिजेलको भाउ लिटरमा ३ रुपैयाँले घट्यो

मंसिर २९, २०८० मा प्रकाशित | 322 views

काठमाडौँ । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । निगमले आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे ।

निगमले पेट्राेल तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएकाे छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।

अब काठमाण्डाै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनकाे मूल्यमा भने घटबढ गरेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web