अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य

मंसिर २४, २०८० मा प्रकाशित | 235 views

काठमाडौँ । एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २ सय ६२ रनकाे लक्ष्य दिएकाे छ ।

दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भयाे । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १ सय ५२ बलमा १ सय ६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए ।

नेपाल पहिलाे खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे थियाे । यस्तै अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएकाे थियाे ।

प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web