पश्चिमका केही ठाउँमा वर्षा र हिमपात, बादल पूर्वतिर सर्दै

काठमाडौँ । पश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा हल्का वर्षासहित हिमपात भएको हो । मौसम बदली भएसँगै चिसो बढेको छ । आज कोशी र मधेश प्रदेशबाहेक देशका अरु ठाउँमा बदली भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमबाट शुरु भएको बदली पूर्वतिर सरिरहेको छ । बेलुकीदेखि मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँको मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।

TOP