रसुवामा छोराको कुटपिटबाट बुबाको मृत्यु

रसुवा । रसुवामा छाेराकाे कुटपिटबाट एक व्यक्तिकाे ज्यान गएकाे छ ।

रसुवाकाे गाेसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खुका ४० वर्षीय गाेपाल तामाङलाई ६५ वर्षीय बुबा छेवाङ तामाङकाे हत्या आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे । गाेपालले जाँडरक्सी खाएर कुटपिट गर्दा छेवाङकाे ज्यान गएकाे जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकी जानकारी दिनुभयाे ।

गाेपाललाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

TOP