काठमाडौँ । युगान्डाले आउँदाे वर्ष हुने आईसीसी टी–२० विश्वकपमा छनाेट हुँदै इतिहास रचेकाे छ । टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै युगान्डा पहिलाे पटक विश्वकपमा पुगेकाे हाे ।
नामिबियामा भइरहेकाे आईसीसी टी–२० विश्वकप अफ्रिका छनोटमा बिहीवार रवान्डालाई ९ विकेटले हराउँदै युगान्डाले शीर्ष २ मा रहेर टी–२० विश्वकप खेल्ने भएको हो ।
युगान्डाकाे १९ वर्षमुनिकाे टाेलीले ३ पटक विश्वकप खेले पनि राष्ट्रिय टाेली पहिलाे पटक विश्वकपमा पुगेकाे हाे । अफ्रिका छनोटबाट नामिबिया १ खेलअघि नै विश्वकपमा पुगिसकेकाे छ ।
योसँगै आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्ने सबै २० वटा टोलीको टुङ्गो लागेको छ ।
यस्ताे छ टाेली–
अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डा ।
26.12¡ÆC