सानिमा बैंकबाट उच्च शिक्षा अध्ययनको लागी छात्रबृत्ति उपलब्ध 

मंसिर ११, २०८० मा प्रकाशित | 362 views


विदुर । सानिमा बैंकले सँस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तरगत नुवाकोटका आठ जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागी जनही एक लाख रुपैयाँको छात्रबृत्ति प्रदान गरेको छ । सानिमा बैंकको नुवाकोटमा रहेको विदुर, बेलकोटगढी, किस्पाङ र शिवपुरी शाखाको तर्फबाट प्रत्येक शाखाले दुई–दुई जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागी छात्रबृत्ति उपलब्ध गराएको हो ।  
 
नुवाकोटको विदुर शाखाले त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयमा अध्ययनरत शाहिद दाहाल र भैरुम माविका सितल रिजाललाई एक लाख रुपैयाँ राशीको छात्रबृत्ति उपलब्ध गराइएको सानिमा बैंक विदुर शाखाका प्रबन्धक प्रशन्न सेढाईले जानकारी दिनुभयो । 
 
उहाँको अनुसार छात्रबृत्ति छनोटको लागी गठन गरिएको समितिले सूचना जारी गरेर प्राप्त निवेदन माथी विभिन्न माध्यमबाट गरिएको मूल्याङ्कनको आधारमा समितिले गरेको सिफारिस अनुसार छात्रबृत्तिको लागी दुई विद्यार्थी छनोट गरिएको हो । 
 
सानिमा बैंकको बेलकोटगढी शाखाले कल्याणीदेवी माविका मैना खतिवडा र बेलकोटभञ्याङ माविका बिपना तामाङलाई, किस्पाङ शाखाले ऐँसेलुभूमे माविका गंगा न्यौपाने र ज्ञान ज्योती माविका सुनिता विश्वकर्मालाई छात्रबृत्ति प्रदान गरेको जनाएको छ । छात्रबृत्तिमा छानिएका विद्यार्थीले उच्च शिक्षा अन्तरगत कक्षा ११ र १२ अध्ययनको लागी बैंकले नगद प्रदान गर्ने छ । 
 
चालु आर्थिक वर्षको लागी सानिमा बैंकको चारवटै शाखाले प्रकाशित गरेको सूचनाको आधारमा छात्रबृत्ति दाबी गर्दै प्राप्त निवेदनको आधारमा शैक्षिक छात्रबृत्ति छनोट समितिले तोकिएको मापदण्डको आधारमा प्रत्येक शाखाले दुई–दुई जना विद्यार्थी छनोट भएको जनाएको छ । शैक्षिक छात्रबृत्ति प्राप्त गर्नको लागी माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० मा विद्यार्थीले प्राप्त गरेको अंक, उच्च शिक्षा अध्ययनको लागी छनोट गरेको विषय, घरको आर्थिक तथा सामाजिक हैसियत लगायतका मापदण्ड बनाइएको सानिमा बैंक विदुर शाखाका प्रबन्धक सेढाईले जानकारी दिनुभयो । 
 
उहाँको अनुसार छात्रबृत्ति प्राप्त गरेका विद्यार्थीले शैक्षिक सँस्थामा लाग्ने शुल्क बापत अधिकतम ५२ हजार रुपैयाँसम्म र पाठ्यपुस्तक, कापीकलम लगायतको स्टेशनरी सामाग्रि खरिदको लागी मासिक २ हजार रुपैयाँको दरले दुईवर्षमा ४८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
 
सानिमा बैंकले सामाजिक उत्तरदायित्व बहन अन्तरगत शाखा रहेको पालिकाभित्रको सामुदायिक विद्यालयबाट कक्षा १० उत्तिर्ण गरेर यही रहेको शैक्षिक सँस्थामा उच्च शिक्षा अध्ययन गर्नको लागी सहयोग पु¥याउन छात्रबृत्ति उपलब्ध गराउदै आएको छ । 
 
छात्रबृत्ति उपलब्ध गराएसगैँ आर्थिक अबस्था कमजोर भएका एवम् जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागी आर्थिक अभावको समस्या समाधान गरेर उनीहरुको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । छात्रबृत्ति रकमले उच्च शिक्षा अध्यननको लागी सहयोग पुगेसगैँ अध्ययनप्रतिको मनोबल बृद्धि भएको छनोट भएका विद्यार्थीका प्रतिक्रिया छ ।  
 
नुवाकोटमा सानिमा बैंकको शाखा कार्यालय विदुर सहित बेलकोटगढी नगरपालिकाको बाखघोर, किस्पाङ गाँउपालिकाको दावाचेत बजार, र शिवपुरी गाँउपालिकाको शेराबगरमा समेत गरेर चार स्थानबाट सेवा दिदै आइरहेको छ ।
 
जिल्लामा रहेका सबै शाखा कार्यालयले आर्थिक अबस्था कमजोर भएका एवम् जेहेन्दार विद्यार्थीलाई कक्षा ११ र १२ सम्मको अध्ययनको लागी लाग्ने रकम छात्रबृत्तिको रुपमा हरेक वर्ष दुई–दुई जना गरेर एक वर्षमा जिल्लाका आठ जना विद्यार्थीलाई उपलब्ध गराउदै आएको छ ।  
 
स्थापनाको छोटो समयमै नुवाकोटमा धेरैको रोजाईमा परेको सानिमा बैंकले जिल्लाको दुर्गम मानिएको किस्पाङ र शिवपुरीमा शाखा विस्तारले ग्रामीण क्षेत्रमा आर्थिक कारोबारमा उल्लेखनीय योगदान पुराउदै आइरहेको छ । 
 
बैंकको मार्फत प्रवाह हुने सेवाले जिल्लाको गाँउगाँउमा आर्थिक कोरोबारलाई सहज बनाउदै बैंकिङ्क कारोबार मार्फत अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुराउदै आइरहेको छ । 
 
यस्तै, नेपाल राष्ट्र बैंकको नीति अनुुसार सरल ब्याजदरमा कृषि कर्जालाई प्राथमिकता दिदै आएको सानिमा बैंकले किसानलाई कृषि र पशुपालन तर्फ समेत आकर्षित गराउन सहयोग पुराउदै आएको छ । बैंकले आर्थिक अबस्था कमजोर भएका विद्यार्थीको लागी छात्रृबत्ति सहित विद्यालयमा वित्तिय साक्षरता कक्षा सञ्चालन गरेर बैंकिङ्क प्रणालीको महत्वको प्रचार विद्यार्थीमा समेत पु¥याउदै आइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web