आगलागीमा परि चार जनाको निधन

मंसिर ९, २०८० मा प्रकाशित | 211 views

काठमाडौँ । बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाकाे ज्यान गएकाे हाे ।

घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

घरमा के कारणले आगलागी भयाे भन्ने विषयमा अनुसन्धान भइरहेकाे अर्यालले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web