केपी ओली टी–२० कप : बाग्मती सेमिफाइनलमा

मंसिर ८, २०८० मा प्रकाशित | 291 views

काठमाडौँ । लगातार दाेस्राे जितसहित बाग्मती केपी ओली कप टी–२० क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले हरायाे ।

बाग्मतीले दिएकाे १ सय ९० रनकाे लक्ष्य पछ्याएकाे कर्णाली १७ ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयाे । कर्णालीका अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन बनाए । बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४ र दिपेश श्रेष्ठले २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे बाग्मतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनायाे । बाग्मतीका रित गाैतमले ८२ र ईशान पाण्डेले ७० रन बनाए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।

यसअघि हिजाे बिहीवार भएकाे खेलमा बाग्मतीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘राताे’ टाेलीलाई १ सय ९ रनले हराएकाे थियाे । बाग्मती दुवै खेल जितेर समूह ‘ए’ काे विजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे ।

हिजाेदेखि शुरु भएकाे प्रतियाेगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताकाे विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web