टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

मंसिर ४, २०८० मा प्रकाशित | 307 views

काठमाडौँ । भिडियाे शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज साेमवार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासमा आज याे मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याइने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो । न्यायाधीश चुँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुँदा सुनुवाइ हुन नसकेको भएको हो ।

यस विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै गएकाे कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web