नेपाल हङकङसँग ९ विकेटले पराजित

कार्तिक ३०, २०८० 2023-11-16 मा प्रकाशित
Published at 2023-11-16

378 views

काठमाडौँ । चार देशीय महिला टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएकाे छ । याे हारसँगै नेपाल शृङ्खलाकाे फाइनलमा पुग्न असफल भएको छ । हङकङ र तान्जानिया लगातार २ जितसहित फाइनलमा पुगेका छन् ।

आज बिहीवार भएकाे खेलमा नेपाल घरेलु टाेली हङकङसँग ९ विकेटले पराजित भयाे । नेपालले दिएकाे ५७ रनकाे सामान्य लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाएर भेटायाे । हङकङका लागि नताशा मिल्सले ३० र शनजीन शाहजदले २० रन बनाइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो । नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ हङकङकी इकार सहारले ३ र रुचिथा वेङ्कटेशले २ विकेट लिइन् ।

हिजो बुधवार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि शनिवार जापानसँग खेल्ने छ ।

हङकङमा भैरहेको प्रतियोगितामा आयोजक टोलीसँगै नेपाल, तान्जानिया र जापान छन् । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.