मौसम धुम्म, भोलि हल्का वर्षा र हिमपातको अनुमान

कार्तिक २४, २०८० मा प्रकाशित | 409 views

काठमाडौँ । नेपालमा पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । पश्चिमी वायुको प्रभावकै कारण काठमाण्डौ उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्म भएको छ ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको असर धेरै पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम र कर्णालीका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ भने त्यहाँ वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार यी दुई प्रदेशमा भोलि पानी पर्ने अनुमान छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । अन्य प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि हल्का वर्षाको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web