काठमाडौँ । सरकारले रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितलाई राहत तथा उद्धारको लागि तत्कालै १० करोड रुपैयाँ पठाउने निर्ण गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५/५ करोड रुपैयाका दरले रकम पठाउने निर्णय गरेको हो।
अहिलेलाई यो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पठाउने निर्णय भएको हो । रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।
19.43¡ÆC