काठमाडौँ । आईसीसी टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा पनि सुधार भएको छ ।
आईसीसीको टी–२० वरीयतामा नेपाल १५औँ स्थानमा छ । टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल अघि नेपाल १६औँ स्थानमा थियो । नेपालले विश्व कप छनोटमा चार मध्ये तीन खेल जितेको थियो । नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो ।
वरीयतामा भारत शीर्ष, इङ्ग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, वेस्टइन्डिज सातौँ, श्रीलङ्का आठौँ र बङ्लादेश नवौँ स्थानमा छन् ।
त्यस्तै, अफगानिस्तान १०औँ, जिम्बावे ११औँ, नामिबिया १२औँ, आयरल्यान्ड १३औँ र स्कटल्यान्ड १४औँ स्थानमा छ । यूएई १७औँ, ओमान १८ औँ र पपुवा न्युगिनी १९औँ स्थानमा छ ।
सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्व कपमा स्थान बनाएको हो । नेपालले उपाधिका लागि भोलि ओमानसँग खेल्नेछ
25.12¡ÆC