१६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

कार्तिक १८, २०८० मा प्रकाशित | 432 views


काठमाडौँ । जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानु भएको हो ।

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web