मानव अधिकार आयोग ए श्रेणीमै कायम

कार्तिक १६, २०८० मा प्रकाशित | 262 views

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग ‘ख’ श्रेणीमा घटुवा हुनबाट जोगिएको छ ।

ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गानरीको पछिल्लो बैठकबाट आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको छ । सरकार र सरोकारवालाको सहयोगका कारण आयोग घटुवाबाट जोगिएको हो । पेरिस सिद्धान्तअनुरुप आयोगले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थियो ।

त्यस्तै, मानवअधिकार संरक्षणसम्बन्धी कानुन संशोधनमा सरकार र आयोग सरकारात्मक रहेकाले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो । यसअघि गानरीमा नेपाललाई घटुवा गर्न सिफारिस भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web