टी–२० विश्व कप छनोटमा नेपालले आज ओमानसँग खेल्दै

कार्तिक १६, २०८० मा प्रकाशित | 297 views

काठमाडौँ । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । यो खेल बिहान ९ बजे कीर्तिपुरमा शुरु हुनेछ ।

प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।

टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

आज हुने अरु खेलमा समूह ‘ए’ का मलेसिया र सिङ्गापुरबीच दिउँसो साढे १ बजे कीर्तिपुरमा, समूह ‘बी’ का हङकङ र यूएई बिहान ९ बजे तथा बहराइन र कुवेत दिउँसो साढे १ बजे मूलपानीमा खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web