टी–२० विश्व कप छनोटका लागि नेपाली टोलीको घोषणा

कार्तिक ११, २०८० मा प्रकाशित | 330 views

काठमाडौँ । टी–२० विश्व कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक मोन्टी देसाईले घोषणा गरेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् ।

टोलीमा परिवारलाई समय दिने भन्दै त्रिदेशीय टी–२० शृङ्खला नखेलेका सन्दीप लामिछाने पनि टोलीमा समेटिएका हुन् । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट सोमवारदेखि आउँदो २० गतेसम्म नेपालको मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

समूह ‘ए’ मा नेपाल, सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आउँदाे वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्व कप खेल्न पाउनेछन् ।

नेपाल फाइनलमा पुगेमा सन् २०१४ पछि पहिलो पटक टी–२० विश्व कप खेल्न पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web