त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले यूएईसँग खेल्दै

कार्तिक १०, २०८० मा प्रकाशित | 347 views

काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ ।

नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो । यूएईले हङकङलाई १ खेलमा हराउँदै फाइनलमा पुगेको हाे । यूएई र हङकङकाे समान २ अङ्क भए पनि यूएईले नेट रनरेटका आधारमा फाइनल खेल्न लागेकाे हाे ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web