१३ दिन ढिला गरी नेपालबाट बाहिरियो मनसुन

अशोज २८, २०८० मा प्रकाशित | 452 views

काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । असोज १९ गते पश्चिम नेपालबाट बाहिरिन थालेको मनसुन आज आइतवारदेखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान माहाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ ।

यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी गएको जेठ ३१ गते भित्रिएको थियो । नेपालमा एक सय २४ दिन रहेर मनसुन बाहिरिने सरदर मितिभन्दा १३ दिन ढिला गरी बाहिरिएको हो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टाेबर २ तारिख हो ।

नेपालमा यस वर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिनुभयो । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो । नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४ सय ७२ मिलिमिटर वर्षा हुने गरेकाेमा यस वर्ष मनसुन अवधिमा १ हजार ३ सय ३ मिलिमिटर वर्षा भएको हो । यस वर्ष मधेश प्रदेशमा औसतभन्दा निकै कम वर्षा भएको छ भने काठमाण्डौसहित पहाडी क्षेत्रमा सरदरभन्दा केही बढी वर्षा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web