यात्रुबहाक गाडीमा रुट परमिट खुला

अशोज २७, २०८० मा प्रकाशित | 327 views


काठमाडौँ । बडा दशैँमा यात्रुलाई आवतजावतमा सहज बनाउने उद्देश्यले सार्वजनिक गाडीको रुट परमिट खुला गरिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हिजोदेखि आउँदो कात्तिक १० गतेसम्मका लागि रुट परमिट खुला भएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।

यो अवधिभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला गाडी काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाइएको छ । दशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ ।

तर हरेक वर्षजस्तै यसपालि पनि सहज रुपमा टिकट पाउन नसकेको यात्रुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web