मनसुन पूरै बाहिरिन अझै ४/५ दिन लाग्ने

अशोज २०, २०८० मा प्रकाशित | 314 views

काठमाडौँ । नेपालबाट मनसुन पूरै बाहिरिन अझै ४/५ दिन लाग्ने मौसमविद्ले बताएका छन् ।

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट बाहिरिएको मनसुन मध्य र पूर्व हुँदै पूर्णरुपमा बाहिरिन अझै ४/५ दिन लाग्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँ अनुसार अझै पनि मध्य र पूर्वी क्षेत्रमा कतै/कतै क्षणिक वर्षाको सम्भावना छ । यो वर्ष नेपालमा गएको जेठ ३१ गते पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो ।

सरदर मितिभन्दा एक दिन ढिला गरी भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिला गरी हिजोदेखि बाहिरिन थालेको हो । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टुबर २ तारिख हो ।

काठमाण्डौ उपत्यकामा अहिले घाम लागेको छ । तर बेलुका उपत्यकाका केही ठाउँमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web